पोखराका दुई वडामा पुनः मतगणना गर्न एमालेको माग

पोखराका दुई वडामा पुनः मतगणना गर्न एमालेको माग

पोखराः नेकपा एमालेले पोखरा महानगरका दुई वटा वडाको मतगणना पुनः गर्न माग गरेको छ। महानगरका वडा नम्बर १८ र ३१ मा मतदानका बेला उठाएको मुचुल्काभन्दा कम मत भेटिएको भन्दै पुनः मतगणनाको माग गरेको हो।

मतगणनाका क्रममा महानगरका वडा नम्बर १८ मा ९ मत र ३१ मा ३ मत कम भएकाले पुनः मत गणना गर्न माग गरिएको नेकपा एमाले पोखरा महानगर कमिटी अध्यक्ष दिलीप न्यौपानेले जानकारी दिए। पुनः मतगणना गर्न मुख्य निर्वाचन अधिकृत कार्यालयमा निवेदन दिइएको पनि उनले बताए।

वडा नम्बर १८ मा ३ मतान्तरले कांग्रेसका शिवप्रसाद तिमिल्सिना र वडा नम्बर ३१ मा १६१ मतान्तरले कांग्रेसकै ढकनाथ कँडेल वडाध्यक्षमा निर्वाचित भएका छन्।

जेठ १०, २०७९ मंगलबार १२:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।