दोलखामा टिपरको ठक्कर दिँदा ७० वर्षीय वृद्धको मृत्यु, चालक फरार

दोलखामा टिपरको ठक्कर दिँदा ७० वर्षीय वृद्धको मृत्यु, चालक फरार

दोलखाः गौरीशंकर गाउँपालिका- ७ खानिगाउँमा हिजो साँझ टिपरको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ७० वर्षीय लालबहादुर विक रहेका छन्।

गुरुम्फिबाट खानिगाउँतर्फ जाँदै गरेको बा५ख ३११७ नम्बरको टिपरले पैदलयात्री वृद्धलाई हिजो साँझ ५ बजे ठक्कर दिएको हो। टिपर चालक फरार रहेकाले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय गौरीशंकरले जनाएको छ।

जेठ १०, २०७९ मंगलबार १०:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।