
वीरगञ्ज महानगर: साढे २२ हजार मतान्तरले जसपाका सिंह मेयरमा निर्वाचित

पर्साः वीरगञ्ज महानगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। प्रमुखमा जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंह ४६ हजार २१५ मतसहित विजयी भए।
उनका प्रतिस्पर्धी एमालेका विजयकुमार सरावगीले २३ हजार ६७१ मत प्राप्त गरे। वीरगञ्जका निवर्तमान मेयर सरावगी २२ हजार ५४४ मतान्तरले पराजित भए।
यता, उपमेयरमा गठबन्धनबाट कांग्रेसका इम्तियाज आलम कुल २५ हजार १५८ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का पुरुषोत्तमलाल झाले ६ हजार ७१९ मत प्राप्त गरे।
महानगरपालिका नेतृत्त्वका लागि गठबन्धन बनाउँदा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाबीच एक समूह बनाएर सिंहलाई उम्मेदवार बनाइएको थियो। एमाले र लोसपाले समूह बनाएर सरावगीलाई उम्मेदवार बनाएको थियो।
जेठ १०, २०७९ मंगलबार ०९:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।