
आज संघीय सरकारले नीति तथा कार्यक्रम पेश गर्ने

काठमाडौंः संघीय सरकारले आज संसद्मा नीति तथा कार्यक्रम पेश गर्दैछ। आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम आज प्रस्तुत गरिने भएको हो।
आज अपराह्न ४ बजे सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका रहेको छ।
संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते अनिवार्य संघीय सरकारको वार्षिक बजेट संसद्मा पेश गर्नुपर्नेछ। त्यसअघि नीति तथा कार्यक्रम पेश गर्ने र त्यसैको आधारमा बजेट प्रस्तुत गरिने चलन छ।
यस पटकको नीति तथा कार्यक्रम निर्वाचनमुखी हुने आकलन गरिएको छ। आउँदो मङ्सिरमा प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन गर्ने तयारीका बीच नीति तथा कार्यक्रम निर्वाचनमुखी हुने बताइएको छ।
जेठ १०, २०७९ मंगलबार ०९:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।