इन्धनको मूल्य बढेकोमा विद्यार्थी सङ्गठनले संयुक्त आन्दोलन गर्ने

इन्धनको मूल्य बढेकोमा विद्यार्थी सङ्गठनले संयुक्त आन्दोलन गर्ने

काठमाडौँ : पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध विद्यार्थी सङ्गठनहरूले संयुक्त आन्दोलन गर्ने भएका छन्। सोमबार बसेको विद्यार्थी सङ्गठनहरूको बैठकले मूल्यवृद्धि विरुद्ध चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको हो।

विद्यार्थी सङ्गठनहरूले जनताको प्रत्यक्ष जीवनसँग जोडिएको पेट्रोलियम पदार्थमा राज्यले विभिन्न परियोजनाका निम्ति कर थोपरेका कारण जनताले वास्तविक मूल्य भन्दा बढी खेप्नुपरिरहेको बताएका छन्।

नेपाल आयल निगम भित्र चुहावट, भ्रष्टाचार र कमिसनको बढ्दै गइरहेको बताउँदै विद्यार्थी सङ्गठनहरूले त्यसलाई न्यूनीकरण गर्न र मूल्यवृद्धि फिर्ता लिन आग्रह गरेका हुन्। उनीहरूले खाद्यान्नमा भइरहेको मूल्य वृद्धिबारे पनि सरकारको ध्यानाकर्षण गराएका छन्। यस्तै समयमै पाठ्य पुस्तक नपाउँदा विद्यार्थीहरूको पठनपाठनमा असर परेकाले तत्काल पाठ्य पुस्तक उपलब्ध गराउन समेत माग गरेका छन्।

जेठ ९, २०७९ सोमबार २२:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।