राप्रपाको कार्य सम्पादन समिति बैठक जेठ १३ गते

राप्रपाको कार्य सम्पादन समिति बैठक जेठ १३ गते

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को यही जेठ १३ गते कार्य सम्पादन समितिको बैठक काठमाडौँमा बस्ने भएको छ। 

हालै सम्पन्न स्थानीय तहको निर्वाचनको समीक्षाका साथै समसामयिक विषयमा छलफल हुने उक्त बैठकमा प्रदेश प्रमुखले आफ्नो क्षेत्रका उम्मेदवारलाई सफल बनाउन गरेका प्रयासबारे जानकारी गराउने महामन्त्री भुवन पाठकले जानकारी दिए। 

महामन्त्री पाठकको संयोजकत्वमा गठन गरिएको निर्वाचन परिचालन समितिको आज बसेको बैठकले मतदाता र उम्मेदवारलाई धन्यवाद तथा स्थानीय तहको निर्वाचनमा विजेतालाई बधाई ज्ञापन गरेको छ। बैठकले निर्वाचनमा जनताको सहभागिता उत्साहजकनक भएको र पार्टीले प्राप्त गरेको सफलता सकारात्मक रहेको निष्कर्ष निकालेको छ। 

राप्रपाबाट तीन नगरपालिका प्रमुख, नगरपालिका र गाउँपालिकामा चार उपप्रमुख, ६४ वडाध्यक्ष र ३०० भन्दा बढी सदस्य निर्वाचित भएका छन्। निर्वाचनमा पार्टीले झण्डै १० प्रतिशत महिला उम्मेदवार उठाएको थियो। 

जेठ ९, २०७९ सोमबार २०:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।