जनकपुरधामको मेयरमा स्वतन्त्र उम्मेदवार साह विजयी

जनकपुरधामको मेयरमा स्वतन्त्र उम्मेदवार साह विजयी

काठमाडौँ : धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह निर्वाचित भएका छन्। उनी १३ हजार ४६५ मत ल्याएर मेयरमा निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार शिवशंकर साहले ९ हजार ५३२ मत ल्याए। गठबन्धनबाट नगरप्रमुख पदमा उमेदवारी दिएका जनता समाजवादी पार्टी (जसपा) का लालकिशोर साहले ५ हजार १२४ मत मात्रै ल्याउन सके। तेस्रो स्थानमा रहेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उमेदवार मनोज चौधरीले ५ हजार ३६० मत ल्याए।

त्यस्तै, उपप्रमुखमा गठबन्धनबाट उमेदवारी दिएका नेपाली कांग्रेसका किशोरी साह निर्वाचित भएका छन्। किशोरीले १५ हजार ५२५ मत ल्याउँदै उपप्रमुखमा निर्वाचित भएका हुन्। उनको निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेकी रुणा झाले १० हजार ८१७ मत ल्याइन्।
 

जेठ ९, २०७९ सोमबार १९:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।