
मनोज पाण्डेविरुद्ध मानव बेचविखनमा म्याद लिइँदै, दोस्रो पीडित पनि प्रहरीको सम्पर्कमा

काठमाडौंः बलात्कारको आरोपमा पक्राउ परेका एक मोडलिङ एजेन्सीका सञ्चालक मनोज पाण्डेलाई मानव बेचविखनमा प्रहरीले म्याद लिने भएको छ। उपत्यका अपराध महाशाखाले काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाउने भएको हो।
पाण्डेविरुद्ध लागेको बलात्कारको आरोपले हदम्याद नाघेको भए पनि उनको गतिविधिले मानव बेचविखन पनि आकर्षित हुने भएकाले प्रहरीले मानव बेचविखनमा म्याद थप लिन खोजेको हो।
यसैबीच प्रहरीको सम्पर्कमा दोस्रो पीडित पनि आइपुगेकी छिन्। उनी नाबालिग हुन्। प्रहरीका अनुसार उनै पाण्डेले ती नाबालिगमाथि यौन दुर्व्यवहार गरेको आरोप छ।
जेठ ९, २०७९ सोमबार १३:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।