
अखिल क्रान्तिकारीले गर्यो पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध प्रदर्शन

काठमाडौंः अखिल क्रान्तिकारीले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध प्रदर्शन गरेको छ। आज टेकुको आयल निगमअगाडि अखिल क्रान्तिकारीका कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका हुन्।
हिजो मात्र आयल निगमले पेट्रोलिसयम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ। निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर १० र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर २०० वृद्धि गरेको छ।
अब पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १८०, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६३, हवाई इन्धनको मूल्य प्रतिलिटर १६६ तथा एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर एक हजार ८०० पुगेको छ।
निगमले यसअघि गत वैशाख ३१ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० वृद्धि गरेको थियो।
जेठ ९, २०७९ सोमबार १३:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।