
काठमाडौं, पोखरासहित २६ पालिकाको परिणाम आउन बाँकी

काठमाडौंः स्थानीय तह निर्वाचनअन्तर्गत अब २६ पालिकाको अन्तिम मतपरिणाम मात्र सार्वजनिक हुन बाँकी रहेको छ। बढी मतदाता रहेका काठमाडौं, ललितपुर, पोखरा, भरतपुर, वीरगञ्ज महानगरपालिकासहित २६ पालिकाको परिणाम आउन बाँकी रहेको हो।
निर्वाचन आयोगको सूचना प्रणालीमा आज मध्यान्ह १२ बजेसम्ममा २६९ नगरपालिका र ४५८ गाउँपालिका गरी ७२७ स्थानीय तहको अन्तिम परिणाम प्रविष्ट भइसकेको छ। यो भनेको ७५३ पालिकामध्ये करिब ९५ प्रतिशत पालिकाको परिणाम आइसकेको हो।
यता, उदयपुरको त्रियुगा नगरपालिका–१२ र बाजुराको बूढीगङ्गा नगरपालिकाको मतदानबारे राजनीतिक विवाद उत्पन्न भएकाले आयोगको निर्णयपछि मतगणना वा पुनः मतदान हुनेछ।
जेठ ९, २०७९ सोमबार १२:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।