
काठमाडौंमा बालेनको फराकिलो अग्रता, ४५ हजार मत कटाए

काठमाठौं : काठमाडौं महानगरपालिकाको प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायम नै राखेका छन्। उनले ४५ हजार ९८२ मत ल्याएका छन्।
नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह २७ हजार ४२३ मत ल्याएर दोस्रो स्थानमा छिन् भने नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २६ हजार ४५४ मत प्राप्त गरेका छन्।
अहिलेसम्म १ लाख ३४ हजार ८७ मत गणना भइसकेको छ। अब ५७ हजार ९९ मत गन्न बाँकी छ।
काठमाडौं महानगरमा अहिले वडा नम्बर ९, १०, १३, १४, १५, २०, २१, २२ र २६ नम्बर वडाको मतगणना भइरहेको छ।
वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ११, १२, २३, २४,२५, २७, २८,२९, ३०,३१ र ३२ नम्बर वडाको मतगणना भइसकेको छ।
यीमध्ये एमालेले १, २, ३, ४, ५, २३, ३१,३२ नम्बर वडामा जित हासिल गरेको छ भने नेपाली कांग्रेसले ६, ७, ८, ११, १२, २४, २५, २७, २८,२९ र ३० नम्बर वडा जितेको छ।
जेठ ९, २०७९ सोमबार १२:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।