
काठमाडौंमा आठ वटा वडाको मतगणना भइरहँदा बालेनले कटाए साढे ४३ हजार मत

काठमाडौंः काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) साहले आफ्नो अग्रता कायमै राखेका छन्।उनले ४३ हजार ७५७ मत प्राप्त गरी अग्रस्थान कायम गरेका छन्।
जारी मतगणनाअनुसार कांग्रेसका उम्मेदवार सिर्जना सिंहले २५ हजार ६८० मत प्राप्त गरेकी छिन्। एमालेका उम्मेदवार केशव स्थापितले २४ हजार ५७८ मत ल्याएका छन्।
उपमेयरमा एमालेकी सुनिता डङ्गोलले ४४ हजार ७०५ मत ल्याएकी छिन्। एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १५ हजार ६७० मत ल्याएका छन्।
हाल महानगरको वडा नं ९, १०, १३, १४, १५, २०, २२ र २६ को मतगणना कार्य जारी छ। वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ११, १२, २३, २४, २५, २७, २८, २९ ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ।
हालसम्म एक लाख २४ हजार ५४४ मतगणना भएको छ।
जेठ ९, २०७९ सोमबार १०:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।