
२१ हजार मत गन्न बाँकी हुँदा पोखरामा आचार्य चार हजारले अघि, उपमेयरमा गुरुङको अग्रता

पोखराः पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले अग्रतालाई फराकिलो बनाउँदै लगेका छन्। अब केवल २१ हजार मत गन्न बाँकी रहँदा आचार्य चार हजार मतले अघि छन्।
महानगरमा खसेको एक लाख ४३ हजार २२६ मतमध्ये एक लाख २२ हजार २१९ मत गणना हुँदा आचार्यले ४९ हजार २४१ मत प्राप्त गरेका छन्। एमालेका कृष्णबहादुर थापाले ४५ हजार २६२ मत पाएका छन्। थापाको भन्दा आचार्यको तीन हजार ९७९ मत बढी छ।
राप्रपाका शंकर खरालले पाँच हजार २५७ मत पाउँदा स्वतन्त्र उमेदवार खडकराज (गनेश) पौडेलले दुई हजार ८४१ मत पाएका छन्।
उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङले ५१ हजार ५८९ मत प्राप्त गरेकी छन्। कांग्रेसकी कोपिला रानाभाटले ४८ हजार ४९२ मत प्राप्त गरेकी छन्। गुरुङ र रानाभाटबीचको मतान्तर जम्मा तीन हजार ९७ रहेको छ।
महानगरमा अहिले वडा नम्वर १७, १८, २१, २२, ३१, ३२ र ३३ को मतगणना चलिरहेको छ।
जेठ ९, २०७९ सोमबार ०८:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।