दुई वटा मोटरसाइकल जुध्दा एक जनाको मृत्यु, चार जना घाइते

दुई वटा मोटरसाइकल जुध्दा एक जनाको मृत्यु, चार जना घाइते

कपिलवस्तुः कृष्णनगर नगरपालिका- ११ सौनहवामा हिजो बेलुका दुई वटा मोटरसाइकल एकापसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ। सोही दुर्घटनामा चार जना घाइते भएका छन्।

कृष्णनगरबाट चन्द्रौटातर्फ जाँदै गरेको लु७५प ४१३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको तीन जना सवार लु८प १५०२ नम्बरको मोटरसाइकल हिजो बेलुकी सवा ८ बजे आपसमा ठोकिएका हुन्।

गम्भीर घाइते भएका १५०२ नम्बरको मोटरसाइकल चालक कृष्णनगर नगरपालिका- १० बकौलीका २२ वर्षीय राजेशलाल चौरसियाको उपचारका क्रममा शिवराज अस्पतालमा मृत्यु भएको हो।

घाइते भएका अर्को मोटरसाइकल चालकसहित चार जनाको सोही अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ।

जेठ ९, २०७९ सोमबार ०८:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।