
तनहुँको व्यासमा गोविन्दराजका छोरा पराजित, कांग्रेसका न्यौपाने विजयी

तनहुँः व्यास नगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार वैकुण्ठनाथ न्यौपाने विजयी भएका छन्। १२ हजार ७८ मत प्राप्त गरी उनी विजयी भएका हुन्।
उनी दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले ११ हजार ८२६ मत प्राप्त गरे। दीपकराज, कांग्रेसका पुराना नेता तथा पूर्वमन्त्री गोविन्दराज जोशीका छोरा हुन्।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई कमजोर बनाउन कांग्रेसका जिल्लास्तरका नेताहरूसँगको मिलेमतोमा एमालेसँग सहकार्यमा गोविन्दराजले छोरा दीपकराजलाई स्वतन्त्रबाट उम्मेदवार बनाएका हुन्। उनी एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेका हुन्।
यस्तै नगरपालिकाको उपमेयरमा कांग्रेसका इन्दिरा दरैले १३ हजार ४९८ मत प्राप्त गरिन्। प्रतिस्पर्धी एमालेकी बसुन्धरा घर्तीले १० हजार ४२ मत प्राप्त गरिन्।
कुल १४ वडामध्ये कांग्रेसले ११ वडामा प्यानलसहित जितेको छ भने एमालेले तीन वडामा वडाध्यक्ष जितेको छ। एमालेले वडाध्यक्ष जितेको वडामा पनि कांग्रेसले सबै सदस्य जितेको छ।
जेठ ९, २०७९ सोमबार ०७:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।