झापाको कमल गाउँपालिकाको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले

झापाको कमल गाउँपालिकाको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले

झापाः कमल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार हुकुमसिंह राई विजयी भएका छन्। १२ हजार ८६८ मत ल्याई उनी विजयी भएका हुन्।

उनको प्रतिद्वन्द्वी एमालेका उम्मेदवार भीम राईले नौ हजार ६५३ मत प्राप्त गरे।

नव निर्वाचित अध्यक्ष हुकुमसिंह विसं २०७४ को स्थानीय तह निर्वाचनमा निवर्तमान पालिका अध्यक्ष मेनुका काफ्लेसँग गोलाप्रथाबाट पराजित भएका थिए।

कमलस्थित निर्वाचन अधिकृतको कार्यालयका अनुसार उपाध्यक्ष पदमा एमालेकी उम्मेदवार प्रमिला न्यौपाने तिवारीले १० हजार ८४५ मत प्राप्त गरी विजयी भएकी छिन्। उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका पर्शुराम सुवेदीले आठ हजार ३७१ मत प्राप्त गरे।

कमलमा ३७ हजार ९५० मतदातामध्ये निर्वाचनमा २६ हजार २४२ मत खसेको थियो।

जेठ ९, २०७९ सोमबार ०७:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।