धरान उपहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित 

धरान उपहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित 

काठमाडौँ : सुनसरीको धरान उपमहानगरपालिकाको नगर प्रमुखमा स्वतन्त्र उमेदवार हर्कराज राई २० हजार ८२१ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका कोशोर राईले १६ हजार ५९ मत ल्याए। उनीहरूको मतान्ततर ४ हजार ७६२ रहेको छ। 

उपमेयरमा भने माओवादी केन्द्रका अइन्द्र विक्रम बेघा २० हजार ५१० मतसहित निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी एमालेका पदमप्रसाद लिम्बुले १७ हजार ६०६ मत ल्याए।

जेठ ८, २०७९ आइतबार १८:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।