भरतपुरमा ९७ हजार मतगणना, रेनुको अग्रता कायमै

काठमाडौँ : भरतपुर महानगरपालिकामा ९७ हजार ११ मतगणना सकिएको छ। पछिल्लो मत परिणामअनुसार मेयर पदमा माओवादी केन्द्रकी रेनु दाहालले ३८ हजार २५४ मत पाएकी छन्। उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार विजय सुवेदीले २९ हजार ८५५ मत पाएका छन्। सुवेदी भन्दा रेनु ८ हजार ३९९ मतले अगाडि छन्। यस्तै स्वतन्त्रध उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार ५१४ मत पाएका छन्।
उपमेयरमा गठबन्धनको साझा उम्मेदवार चित्रसेन अधिकारी जित नजिक पुगेका छन्। उनले राप्रपाकी उमपेयर उम्मेदवार हिमला गुरुङसँग फराकिलो अग्रता बनाएका छन्।
अधिकारीले ४० हजार ४२८ मत पाउँदा हिमला गुरुङले २३ हजार ६१७मत पाएका छन् । भरतपुरमा १ लाख २७ हजार ५६६ मत खसेको थियो।
जेठ ८, २०७९ आइतबार १७:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।