ललितपुर महानगरमा ६३ हजार ८२६ मत गन्दा  चिरिबाबुको अग्रता कायमै

ललितपुर महानगरमा ६३ हजार ८२६ मत गन्दा  चिरिबाबुको अग्रता कायमै

काठमाडौँ : ललितपुर महानगरको प्रमुखमा कांग्रेसका चिरिबाबु महर्जनले अग्रता बढाउँदै लगेका छन्। ६३ हजार ८२६ मत गणना हुँदा महर्जनले ३२ हजार ३७८ मत ल्याएका छन भने एमालेका हरिकृष्ण व्यञ्जनकारले १८ हजार ८८६ मत ल्याएका छन् । 

यस्तै, उपप्रमुखतर्फ एमालेकी मञ्जली शाक्यले १८ हजार ३०९ मत ल्याउँदा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उमेदवार बाबुराज बज्राचार्यले १३ हजार ४७२ मत पाएका छन्।  ललितपुर महानगरपालिकामा जम्मा ८५ हजार ८६१ मत खसेको थियो।
 

जेठ ८, २०७९ आइतबार १५:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।