वीरगञ्ज महानगरमा गठबन्धनका उम्मेदवार सिंहलाई झण्डै १६ हजारको अग्रता

वीरगञ्ज महानगरमा गठबन्धनका उम्मेदवार सिंहलाई झण्डै १६ हजारको अग्रता

पर्सा : पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणना अनुसार प्रमुखमा पाँच दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार राजेशमान सिंहले निकटतम प्रतिद्वन्द्वीभन्दा १५ हजार ८९५ मतान्तरले अग्रता लिएका छन्। 

वीरगञ्जमा आज दिउँसो १ः०० बजेसम्मको मतमतगणनाको अद्यावधिक विवरणानुसार सत्ता गठबन्धनबाट प्रमुखका उम्मेदवार राजेशमान सिंहले ३३ हजार ३१५ मतसहित अग्रतालाई निरन्तरता दिएका हुन्। उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार विजयकुमार सरावगीले १७ हजार ४२० मत प्राप्त गरेका छन्। 

यसैगरी उपप्रमुख पदमा पनि गठबन्धनकै उम्मेदवार इम्तियाज आलमले २२ हजार ८१३ मतसहित अग्रतालाई निरन्तरता दिएका छन् भने उपप्रमुख पदका उम्मेदवार लोसपाका पुरुषोत्तमलाल झाले पाँच हजार ५४९ मत प्राप्त गरेका छन्। 

यहाँ नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, र जनता समाजवादी पार्टीबीच गठबन्धन गरिएको थियो भने एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबीच तालमेल भएको छ।  

३२ वटा वडा रहेको वीरगञ्ज महानगरमा हालसम्म विभिन्न १५ वटा वडाको मतगणना सम्पन्न भएको छ। 

जेठ ८, २०७९ आइतबार १५:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।