मधेसवादी दल मधेसमै हारे, कांग्रेस र एमालेले जोगाए बिरासत

काठमाडौं : १३६ स्थानीय तह रहेको मधेस प्रदेशमा दुई दर्जन* स्थानीय तहको मत परिणाम आउन बाँकी रहँदा कांग्रेस ४४ ठाउँमा विजयी भएको छ। २३ पालिका जितेको नेकपा एमालेले ७ ठाउँमा अग्रता लिएको छ।
जसपाले २३ ठाउँमा जितेर तीन स्थानमा अग्रता लिँदा माओवादीले ९ ठाउँमा जितेको छ भने १ ठाउँमा अग्रता लिएको छ। लोसपाले ११ ठाउँ जितेको छ भने ४ ठाउँमा अग्रता लिएको छ। एकीकृत समाजवादीले ४ ठाउँ जितेको छ भने १ ठाउँमा अग्रता लिएको छ। अन्यले ४ ठाउँमा जित्दा १ ठाउँमा अग्रता लिएका छन्।
२०७४ को स्थानीय निर्वाचनमा कांग्रेसले ४०, फोरमले २६, राजपाले २५, माओवादी केन्द्रले २१, एमालेले १८, नेपाल लोकतान्त्रिक फोरमले ३, नेपाली जनता दलले २ र नयाँ शक्तिले १ स्थानीय तहमा जित निकालेका थिए।
१४ स्थानीय तह रहेको पर्सा जिल्लामा एमाले अगाडि देखिएको छ। उसले ५ स्थानीय तह जितेको छ। कांग्रेसले ४ स्थानीय तह जितेको छ। जसपाले ३ स्थानीय तह जित्दा वीरगञ्ज महानगरमा अग्रता लिएको छ। लोसपाले १ स्थानीय तह जितेको छ। पर्सामा माओवादी र एकीकृत समाजवादीले प्रमुख पदमा कतै जित्न सकेनन्।
छिपरहमाई गाउँपालिका, जिराभवानी गाउँपालिका, ठोरी गाउँपालिका, पर्सागढी गाउँपालिका, पोखरिया नगरपालिका र सखुवा प्रसौनी गाउँपालिका जित्दै एमालेले पर्सामा लिड गरेको छ। जगरनाथपुर गाउँपालिका, पकाहा मैनपुर गाउँपालिका, पटेर्वा सुनौली गाउँपालिका प्रमुख जित्दै कांग्रेस दोस्रो स्थानमा रहेको छ।
कालिकामाई गाउँपालिका, धोबीनी गाउँपालिका, बहुदरमाई नगरपालिका प्रमुख जितेको जसपा वीरगञ्ज महानगरपालिकामा अग्रता लिइरहेको छ। बिन्दवासिनी गाउँपालका प्रमुख जित्दै लोसपाले आफ्नो उपस्थिति जनाएको छ।
१६ स्थानीय तह रहेको बारामा एमालेले लिड गरिरहेको छ। उसले ४ स्थानीय तहको प्रमुख पद जित्दा कांग्रेस, जसपा र लोसपा २ स्थानीय तहको प्रमुख जितेका छन्। अन्यले १ स्थानीय तहमा जितेको छ।
आदर्श कोटवाल गाउँपालिका, महागढी नगरपालिका कांग्रेसले अग्रता लिएको छ। पचरौता नगरपालिकामा एमालेले अग्रता लिएको छ। बारागढी गाउँपालिकामा जसपाले अग्रता लिइरहेको छ।
कलैया उपमहानगरपालिका, निजगढ नगरपालिका, परवानीपुर नगरपालिका, प्रसौनी नगरपालिका, एमालेले लिड गरिरहेको छ। करैयामाई गाउँपालिका, देवताल गाउँपालिका प्रमुखमा जसपाले बाजी मारेको छ। कोल्हवी नगरपालिका, सुवर्ण गाउँपालिका कांग्रेस कांग्रेसले जितेको छ।
जितपुर सिमरा उपमहानगरपालिक, माओवादीले जित्दा विश्रामपुर गाउँपालिका, सिम्रनगौढ नगरपालिका लोसपा जितेको छ। फेटा गाउँपालिकामा विवेकशील साझाका रुस्तम अंसारी निर्वाचित भए।
१८ स्थानीय तह रहेको रौतहटमा ५ स्थानीय तह जित्दै कांग्रेसले लिड गरिरहेको छ। गढीमाई नगरपालिका, गुजरा नगरपालिका जसपाले अग्रता लिएको छ। गरुडा नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ। देवानी गोनाही नगरपालिका, फतुवा विजयपुर नगरपालिका मा माओवादीले अग्रता लिएको छ।
बैधीमाई गाउँपालिकामा एमालेले अग्रता लिएको छ। यमुनामाई नगरपालिकामा लोसपाले अग्रता लिएको छ। वृन्दाबन नगरपालिकामा एकीकृत समाजवादीले अग्रता लिएको छ।
कटहरिया नगरपालिका, चन्द्रपुर नगरपालिका, परोहा नगरपालिका, माधव नारायण नगरपालिका , राजपुर नगरपालिका प्रमुखमा कांग्रेसले जितेको छ। गौर नगरपालिका र राजदेवी नगरपालिकामा एकीकृत समाजवादीले जितेको छ। मौलापुर नगरपालिका एमाले विजयी भएको छ। इशनाथ नगरपालिकामा लोसपाले जित्दा दुर्गा भवानी नगरपालिका माओवादीले जितेको छ।
२० वटा स्थानीय तह भएको सर्लाहीमा १२ वटा स्थानीय तह जित्दै कांग्रेसले लिड गरिरहेको छ। बहरथवा नगरपालिकामा एमालेले अग्रता लिइरहेको छ।
इश्वरपुर नगरपालिका, कविलासी नगरपालिका, कौनेडा गाउँपालिका, चन्द्रनगर गाउँपालिका, धनकौल गाउँपालिका,पर्सा गाउँपालिका, ब्रह्मपुरी गाउँपालिका, मलंगवा नगरपालिका, लालबन्दी नगरपालिका, विष्णु गाउँपालिका, हरिपुर नगरपालिका, हरिपुर्वा नगरपालिका प्रमुखमा कांग्रेस विजयी भएको छ।
बलरा नगरपालिका, रामनगर गाउँपालिका, बाग्मती नगरपालिका र हरिवन नगरपालिका माओवादीले जित्दा गोडैटा नगरपालिका लोसपाले जितेको छ। चक्रघट्टा गाउँपालिका, बसबरिया गाउँपालिका जसपाले जित्दा एकीकृत समाजवादी प्रमुख पदमा जित्न सकेको छैन।
१५ स्थानीय तह रहेको महोत्तरीमा जसपा र लोसपाले लिड गरिरहेका छन्। भँगाहा नगरपालिकामा लोसपाले अग्रता लिइरहेको छ। एकडारा गाउँपालिका, गौशाला नगरपालिका, जलेश्वर नगरपालिका, पिपरा गाउँपालिका, सम्सी गाउँपालिका जसपाले जित हात पारेको छ।
औरही नगरपालिका, बलवा नगरपालिका, मटिहानी नगरपालिका, सोनाम गाउँपालिकामा लोसपा पालिका प्रमुख जितेको छ। मनरा सिसवा नगरपालिका, लोहरपट्टी नगरपालिका कांग्रेसले जित्दा महोत्तरी गाउँपालिकामा तमलोपाले जितेको छ भने रामगोपालपुर नगरपालिका एमालेले जितेको छ। बर्दिबास नगरपालिकामा स्वतन्त्रले जित्दा माओवादी र एकीकृत समाजवादी पालिका प्रमुखमा शून्य छन्।
१८ स्थानीय तह रहेको धनुषामा १० स्थानीय तह जित्दै कांग्रेसले लिड गरिरहेको छ। छिरेश्वरनाथ नगरपालिकामा एमालेले अग्रता लिइरहेको छ। जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारले अग्रता लिइरहेका छन्। कमला नगरपालिका, गणेशमान चारनाथ नगरपालिका, धनुषाधानमा नगरपालिका धनौजी गाउापालिका, नगराइन नगरपालिका, बटेश्वर गाउँपालिका, मिथिला नगरपालिका, मिथिला बिहारी नगरपालिका, लक्ष्मीनिया गाउँपालिका, हंसपुर नगरपालिकामा कांग्रेसले पालिका प्रमुख जितेको छ।
जनकनन्दिनी गाउँपालिका, मुखियापट्टीइ मुसहरमिया गाउँपालिका, शहीदनगर नगरपालिकामा जसपाले जित्दा औरही नगरपालिका, विदेह नगरपालिका एमालेले जितेको छ। माओवादीले सबैला नगरपालिका जित्दा एकीकृत समाजवादी शून्य भएको छ।
१७ वटा स्थानीय तह भएको सिरहामा ८ स्थानीय तह जित्दै एमालेले लिड गरिरहेको छ। बरियापट्टी गाउँपालिकामा जसपाले जितेको छ। कर्जन्हा नगरपालिका, कल्याणपुर नगरपालिका, गोलबजार नगरपालिका, धनगढीमाई नगरपालिका, नरहा गाउँपालिका, नवराजपुर गाउँपालिका, भगवानपुर गाउँपालिका, विष्णुपुर गाउँपालिका, सिराहा नगरपालिका एमाले जित्दा कांग्रेसले लक्ष्मीपुर पतारी गाउँपालिका, लहान नगरपालिका जितेको छ।
जसपाले अर्नमा गाउँपालिका, औरही नगरपालिका जित्दा माओवादीले मिर्चैया नगरपालिकामा र एकीकृत समाजवादीले सखुवानान्कारकट्टी गाउँपालिका जितेको छ। लोसपा भने पालिका प्रमुखमा सिराहामा शून्य भएको छ।
१८ ओटा स्थानीय तह रहेको सप्तरीमा ५ वटा स्थानीय तह जित्दै कांग्रेसले लिड गरिरहेको छ। छिन्नमस्ता गाउँपालिकामा लोसपाले जितेको छ भने उसले रुपनी गाउँपालिकामा अग्रता लिइरहेको छ। डाक्नेश्री नगरपालिकामा एमालेले अग्रता लिइरहेको छ।
कञ्चनरुप नगरपालिका, तिरहुत गाउँपालिक, तिलाठी काइलाडी गाउँपालिका, सप्तकोशी नगरपालिका, सुरुगां नगरपालिका प्रमुखमा कांग्रेसले जित निकालेको छ। बोदे बरसाइन नगरपालिका, राजविराज नगरपालिका, विष्णुपुर गाउँपालिकामा जसपाले जित्दा एमालेले अग्निसाइर कृष्णासवरन गाउँपालिका, राजगढ गाउँपालिका प्रमुखमा जितेको छ। खडक नगरपालिका माओवादी केन्द्रले जित्दा महादेवा गाउँपालिका लोसपाले जितेको छ। सिके राउतको जनमन पार्टीले वलान–विहुल गाउँपालिका, हनुमाननगर ककांलिनी नगरपालिका जितेको छ। शम्भुनाग नगरपालिकामा एकीकृत समाजवादीले प्रमुख जितेको छ।
*सच्याइएको
जेठ ८, २०७९ आइतबार १३:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।