आज बिहान ट्याक्टरको ठक्करबाट स्कुटर चालक सबिताको मृत्यु

कैलालीः गौरीगंगा नगरपालिका- ३ कुचैनीमा आज बिहान ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको छ। यस्तै सोही दुर्घटनामा स्कुटरपछाडि सवार युवती गम्भीर घाइते भएकी छिन्।
मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका- १ बस्ने ३० वर्षीया सबिता कँडेल रहेकी छिन्। घाइते भएकी सोही ठाउँ बस्ने २५ वर्षीया जमुना सिंहलाई उपचारको लागि माया मेट्रो अस्पताल धनगढी पठाइएको छ।
आज बिहान ७ बजे कैलालीको कुचौनीस्थित पूर्वपश्चिम राजमार्गमा से१त ६८२७ नम्बरको ट्याक्टरले सुदूरपश्चिम प्रदेश-०१-००८प १७८३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।
दुर्घटनामा संलग्न ट्याक्टर चालक फरार रहेकोले खोजतलास भइरहेको ईलाका प्रहरी कार्यालय चौमालाले जनाएको छ।
जेठ ८, २०७९ आइतबार ११:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।