कञ्चनपुरको पुनर्वास- ८ मा सबै पदमा स्वतन्त्र उम्मेदवार निर्वाचित

कञ्चनपुरः जिल्लाको पुनर्वास नगरपालिका– ८ मा सबै पदमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्। वडाध्यक्ष र वडा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएकाहरू निर्वाचित भएका हुन्।
वडाध्यक्षमा श्रवण राना ८१८ मतसहित विजयी भएका छन्। महिला सदस्यामा देवी कार्की ६३२ मतसहित विजयी हुँदा दलित महिला सदस्यमा लक्ष्मी सुनार ६७१ मतसहित विजयी भइन्।
सदस्यमा दिपेश मल्ल ६६४ र दुलेराम राना ६१३ मत ल्याएर निर्वाचित भए। उनीहरूले गुलाफको फूल चुनाव चिह्न लिएर चुनावमा भाग लिएका थिए।
जेठ ८, २०७९ आइतबार १०:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।