रियल मड्रिडलाई रिजेक्ट गर्दै एम्बापेले पीएसजीसँग नवीकरण गरे सम्झौता

रियल मड्रिडलाई रिजेक्ट गर्दै एम्बापेले पीएसजीसँग नवीकरण गरे सम्झौता

एजेन्सीः केलियन एम्बापेले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पीएसजी)सँग सम्झौता नवीकरण गरेका छन्। उनले आगामी तीन वर्ष अब पीएसजीमै रहने गरी सम्झौता नवीकरण गरेका हुन्।

जसअनुसार अब सन् २०२५ को जुन ३० सम्म एम्बापे पीएसजीमै रहनेछन्। रियल मड्रिडले पनि उनीसँग सम्झौता गर्न चाहिरहेको बेला एम्बापेले भने पीएसजी रोजे। उनले एक विज्ञप्ति जारी गर्दै भने, 'म यो घोषणा गर्न चाहन्छु कि मैले पीएसजीसँग आफ्नो सम्झौता विस्तार गरेको छु। र म खुशी छु'।

एम्बापे सन् २०१७ मा पीएसजीमा आएका हुन्। त्यतिबेला क्बलले उनलाई एक सय ८० मिलियन युरो तिरेको थियो।

यसबीचमा उनले १६८ गोल गरेका छन्। पीएसजीकै दोस्रो सर्वाधिक गोलकर्ता पनि एम्बापे नै हुन्। एम्बापे पीएसजीमा आइसकेपछि चार पटक लिग १ जितेका छन् भने यो वर्ष मात्र २५ गोल र १७ असिस्ट गरेका छन्।

जेठ ८, २०७९ आइतबार १०:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।