तुलसीपुर उपमहानगनगरको मेयर-उपमेयरमा एमालेका उम्मेदवारको अग्रता

तुलसीपुर उपमहानगनगरको मेयर-उपमेयरमा एमालेका उम्मेदवारको अग्रता

दाङः तुलसीपुर उपमहानगरपालिकाको मेयर तथा उपमेयर पदमा एमालेका उम्मेदवारहरूले अग्रता लिएका छन्। मेयरमा टीकाराम खड्का ८११ मतले अगाडि छन्। 

खड्काले हालसम्म १५ हजार ४०५ मत ल्याउँदा उनका प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका गेहेन्द्र गिरीले १४ हजार ५९४ मत ल्याएका छन्।

उपमेयरमा पनि एमालेकी स्यानी चौधरीले १४ हजार ६१५ मतसहित अग्रता लिएकी छिन्। गठबन्धनको तर्फका उम्मेदवार एकीकृत समाजवादीका जोगबहादुर रानाले १० हजार ८९२ मत प्राप्त गरेका छन्।

यसैबीच उपमहानगरको वडा नं ७ र ९ मा कांग्रेसका उम्मेदवार विजयी भएका छन्। हाल तुलसीपुरमा १०, ११ र १२ को मतगणना भइरहेको छ।

जेठ ८, २०७९ आइतबार ०९:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।