भरतपुरमा झण्डै ९० हजार मत गन्दा रेनुलाई सात हजारको अग्रता

भरतपुरमा झण्डै ९० हजार मत गन्दा रेनुलाई सात हजारको अग्रता

चितवनः भरतपुर महानगरपालिका रेनु दाहालले सात हजार ४१५ मतको अग्रता लिएकी छिन्। हालसम्म महानगरको ८९ हजार ५०८ मत गणना गर्दा दाहालले ३५ हजार ९८ मत प्राप्त गरेकी छिन्।

एमालेका विजय सुवेदीले २७ हजार ६८३ मत प्राप्त गरेका छन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार ८३५ मत प्राप्त गरेका छन्।

उपप्रमखमा कांग्रेसका चित्रसेन अधिकारीले राप्रपाकी हिमला गुरुङलाई १५ हजार ४२६ मतान्तरले पछाडि छोडेका छन्। अधिकारीले ३७ हजार ३२६ मत प्राप्त गर्दा गुरुङले २१ हजार ९०० मत प्राप्त गरेका छन्।

भरतपुरमा हालसम्म १ देखि १७ नं वडासम्मको गणना सम्पन्न भइसकेको छ। अहिले अन्य वडाको मतगणना जारी रहेको छ। 

जेठ ८, २०७९ आइतबार ०९:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।