
वीरगञ्ज महानगर: गठबन्धनका उम्मेदवार प्रतिस्पर्धीभन्दा 'डबल' मतले अघि

पर्साः वीरगञ्ज महानगरपालिकाको मेयर पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंह प्रतिस्पर्धीभन्दा डबल मतान्तरले अघि छन्। सिंहले ३२ हजार १५८ मत ल्याउँदा एमालेका विजयकुमार सरावगीले १६ हजार ८२२ मत ल्याएका छन्।
महानगरपालिकाका ३२ वडामध्ये १५ वडाका ६५ हजार ५३३ मत मतगणना सम्पन्न भइसकेको छ।
मधेश प्रदेशको एक मात्र महानगरपालिकाको नेतृत्त्वका लागि कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच तालमेल बनाएर सिंहलाई उम्मेदवार बनाइएको थियो।
उता, एमाले र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाबीचको गठबन्धनबाट निवर्तमान मेयर सरावगीलाई उम्मेदवार बनाइएको थियो।
जेठ ८, २०७९ आइतबार ०९:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।