इटहरी उपमहानगर: कांग्रेसका पौडेल मेयर, एमालेकी चौधरी उपमेयर

इटहरी उपमहानगर: कांग्रेसका पौडेल मेयर, एमालेकी चौधरी उपमेयर

सुनसरीः इटहरी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। कांग्रेसका हेमकर्ण पौडेलले ३३ हजार ४९ मत ल्याई विजयी भएका हुन्।

उनका प्रतिद्वन्द्वी एमालेका यामकुमार चुङवाङ सुब्बाले २८ हजार ३१ मत प्राप्त गरे।

यसैगरी उपमेयरमा एमालेकी उम्मेदवार सङ्गीताकुमारी चौधरी निर्वाचित भएकी छिन्। उनी ३२ हजार ४३६ मतसहित विजयी भएकी हुन्।

उनका प्रतिद्वन्द्वी एकीकृत समाजवादीका केशवकुमार विष्टले १८ हजार ३१ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

जेठ ८, २०७९ आइतबार ०८:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।