काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा मेघ गर्जन र वर्षा

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा मेघ गर्जन र वर्षाको सम्भावना रहेको जनाएको छ। हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।
यतिबेला काठमाडौं उपत्यकामा हावाहुरी, मेघ गर्जन र हल्का वर्षा भइरहेको छ। यस्तै बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ।
आज दिउँसो लुम्बिनी प्रदेश र मधेश प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको पनि सम्भावना रहेको छ।
आज राति प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
जेठ ८, २०७९ आइतबार ०७:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।