मकवानपुरमा जिप दुर्घटनाः ३ जनाको मृत्यु, पाँच घाइते

मकवानपुर । मकवानपुरको सिमखोलामा जिप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ। इन्द्रसरोवर गाउँपालिका–२, कुलेखानी सिमखोलामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
शनिबार साँझ ५ बजेको समयमा वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना४च २३१५ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
दुर्घटनामा मृत्यु भएकाको सनाखत हुन सकेको छैन्। जिपमा सवार ८ जना मध्ये अन्य ५ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि हेटौंडातर्फ लगिएको प्रहरीले जनाएको छ।
जेठ ७, २०७९ शनिबार २०:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।