ललितपुर महानगरमा चिरिबाबुलाई ११ हजार बढीको अग्रता

ललितपुर महानगरमा चिरिबाबुलाई ११ हजार बढीको अग्रता

काठमाडौँ : ललितपुर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका चिरिबाबु महर्जनले अग्रता कायम गरेका छन्। महर्जनले एमालेका मेयरका उम्मेदवारलाई ११ हजारभन्दा बढी मतान्तरले पछि पारेका छन्।

पछिल्लो मत परिणामअनुसार महर्जनले २७ हजार २४२ मत ल्याउँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण व्यन्जनकारले १५ हजार ९८३ मत मात्रै पाएका छन्। राप्रपाका उम्मेदवार अष्टबहादुर महर्जन २ हजार ७१७ मतसहित तेस्रो स्थानमा छन्। 

उपमेयरमा भने एमालेकी मन्जली शाक्य बज्राचार्यले १५ हजार ७६५ मत ल्याउँदै अग्रस्थानमा छिन्। उपमेयरमा माओवादी केन्द्रका बाबुराज बज्राचार्य १० हजार ८३४ मतका साथ दोस्रो स्थानमा छन्। 

जेठ ७, २०७९ शनिबार १८:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।