बलात्कार आरोपीत मनोज पाण्डे प्रहरी नियन्त्रणमा

काठमाडौं : मोडलिङ एजेन्सीको आवरणमा युवतीको यौन शोषण गरेको आरोप लागेका मनोज पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
एक युवतीले टिकटकमार्फत भिडियो सार्वजनिक गर्दै पाण्डेले ८ वर्ष अगाडि बलात्कार गरेको र नग्न भिडियो र फोटो खिचेेर ६ महिनासम्म धम्क्याएर यौन शोषण गरेको उल्लेख गरेकी थिइन्।
लगत्तै प्रहरी पान्डेको खोजिमा लागे पनि भेेटेको थिएन। महानगरीय प्रहरी महाशाखाको टोलीले उनलाई शनिवार फेेला पारेको हो। उनी शुुक्ररवारबाट मोबाइल अफ गरेर काठमाडौँमै लुकेर बसेका थिए। प्रहरी पीडित युवतीको सम्पर्कमा पुगेपछि उनले मोबाइल बदल्न थालेका थिए।
जेठ ७, २०७९ शनिबार १८:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।