काठमाडौँको अधिकारिक मत परिणामः बालेनको अग्रता कायमै, सिर्जनाले स्थापितलाई पछि पारिन्

काठमाडौँको अधिकारिक मत परिणामः बालेनको अग्रता कायमै, सिर्जनाले स्थापितलाई पछि पारिन्

काठमाडौँ : काठमाडौं महानगरपालिकाको मतगणनाको पछिल्लो अपडेट सार्वजनिक भएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो अपडेट अनुसार मेयर पदका उम्मेदवार बालेन साहले ३२ हजार ९७८ मत पाएका छन्।

यसअघि तेस्रो स्थानमा रहँदै आएकी कांग्रेस उम्मेदवार सिर्जना सिंह भने दोस्रोमा उक्लिएकी छिन्। उनले १७ हजार ७०२ मत पाएकी छिन्। केशव स्थापितसँग भने तेस्रो स्थानमा झरेका छन्। एमालेका उम्मेदवार केशव स्थापितले भने १७ हजार ६७८ मत पाएका छन्।

जेठ ७, २०७९ शनिबार १४:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।