मोदीले भारतलाई बोल्न नपाउने देश बनाएको राहुल गान्धीको आरोप

एजेन्सीः भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीले भारतलाई बोल्न नपाउने देश बनाएको आरोप लगाएका छन्। शुक्रबार बेलायतको लण्डनमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन्।
उनले प्रधानमन्त्री मोदी र केन्द्र सरकारको आलोचना गर्दै भारतमा स्वतन्त्र अभिव्यक्तिको कदर हुन छाडेको पनि बताएका छन्।
“भारत बोल्न नपाउने देश बन्न सक्दैन, स्वतन्त्र रूपमा बोल्न पाउनुपर्छ। प्रधानमन्त्रीमा ‘म सुन्न चाहन्छु’ भन्ने मनोवृत्ति हुनुपर्छ,” उनले भने।
गान्धीले दलित वा ब्राह्मण जोसुकैले समान व्यवहार र अवसर पाउनुपर्ने पनि बताए। भारतीय लोकतन्त्र विश्वकै लागि महत्त्वपूर्ण रहेको र त्यो विश्वव्यापी जनहितका निम्ति भएको बताउँदै उनले लोकतन्त्रलाई व्यवस्थित गर्न नसके त्यसले समस्या निम्त्याउने तर्क गरे।
जेठ ७, २०७९ शनिबार १३:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।