'कोर सिटी'मा बालेनको मत अनुपात आधा घट्यो, कांग्रेस-एमाले नै प्रतिस्पर्धामा

'कोर सिटी'मा बालेनको मत अनुपात आधा घट्यो, कांग्रेस-एमाले नै प्रतिस्पर्धामा

काठमाडौंः काठमाडौं महानगरपालिकामा हालसम्म ९१ हजार ९७२ मत गणना भइसकेको छ। बालेन साह हालसम्म ३३ हजार ६२४ मतका साथ अग्रस्थानमा छन्। एमालेका केशव स्थापित १८ हजार १८९ मतका साथ उनलाई पछ्याइरहेका छन्। कांग्रेसकी सिर्जना सिंह १८ हजार ५४ मतसहित तेस्रो स्थानमा छिन्।

अहिलेसम्म काठमाडौंका १, २, ३, ४, ५, २८, २९, ३० र ३२ नम्बर वडाको गणना सम्पन्न भइसकेको छ। ६, ७, ८, ९, १०, २४, २५, २६, २७ र ३१ नम्बर वडाको गणना जारी छ।

सम्पन्न वडाहरुमा बालेनको मत 
वडा नं १ को दुई हजार ३१८ मतमा बालेनले ७८३ मत ल्याएका थिए। सिर्जना सिंहले ४५१ मत ल्याउँदा स्थापितले ३६५ ल्याएका थिए। बालेनले वडा नं १ बाट ३४ प्रतिशत मत ल्याएका छन्।

वडा नं २ को तीन हजार ३९७ मतमा बालेनले एक हजार २१५ मत ल्याएका थिए। सो वडाबाट सिंहले ४९७ मत ल्याउँदा स्थापितले ७२८ मत ल्याएका थिए। २ नं वडाबाट बालेनले ३६ प्रतिशत मत ल्याएका छन्।

वडा नं ३ को ६ हजार २३६ मतमा बालेनले दुई हजार ४०६ मत ल्याएका थिए। सिंहले एक हजार १७० मत ल्याउँदा स्थापितले एक हजार २०३ मत ल्याएका छन्। बालेनले वडा नं ३ बाट ३८ प्रतिशत मत ल्याएका छन्। 

वडा नं ४ को नौ हजार ४४१ मतमा बालेनले तीन हजार ९५६ मत ल्याएका थिए। सिंहले एक हजार ५२२ मत ल्याउँदा स्थापितले एक हजार ९३२ मत ल्याएका छन्। बालेनले वडा नं ४ बाट ४२ प्रतिशत मत ल्याए।

वडा नं ५ को चार हजार ७९ मतमा एक हजार ५०१ मत ल्याए बालेनले। सिंहले ७२७ मत ल्याउँदा स्थापितले एक हजार ६६ मत ल्याएका छन्। बालेनले वडा नं ५ बाट ३७ प्रतिशत मत ल्याए।

वडा नं २८ मा दुई हजार ९९७ मतमा बालेनले ७१७ मत ल्याएका थिए। सिंहले ७१० मत ल्याउँदा स्थापितले ७४१ मत ल्याए। बालेनले वडा नं २८ बाट २४ प्रतिशत मत ल्याएका छन्। 

यस्तै वडा नं २९ को चार हजार ९९३ मतमध्ये बालेनले एक हजार ६६८, सिंहले एक हजार २३६ र स्थापितले ९७५ मत ल्याए।

वडा नं ३० को चार हजार ९०१ मतमध्ये बालेनले एक हजार ७०१, सिंहले एक हजार १९ र स्थापितले ७४९ मत ल्याए। वडा नं ३० बाट बालेनले ३५ प्रतिशत मत ल्याए।

वडा नं ३२ को १२ हजार १५ मतमध्ये बालेनले पाँच हजार ४४० मत ल्याए। सिंहले एक हजार ९९५ मत ल्याउँदा स्थापितले दुई हजार ४७५ मत ल्याए। वडा नं ३२ बाट बालेनले ४५ प्रतिशत मत ल्याएका छन्। 

वडा नं ६ को नौ हजार ५६७ मतमा बालेनले तीन हजार ४८२ मत ल्याएका छन्। यो वडाबाट सिहंले दुई हजार २०३ मत ल्याउँदा स्थापितले एक हजार ७४२ मत ल्याएका छन्। यो वडाबाट बालेनले ३६ प्रतिशत मत ल्याए।

'कोर सिटी'मा बालेनको मत  
कोर सिटी अर्थात् काठमाडौं महानगरपालिकाको भित्री क्षेत्रहरू। वडा नम्बर २४, २५ र २७ मा बालेन अन्य वडाको तुलनामा कमजोर देखिएका छन्। 

वडा नम्बर २४ मखन टोलमा गणना भएका नौ सय मतमध्ये एमालेका उम्मेदवार स्थापितले २२४ मत ल्याएका छन्। कांग्रेसकी सिर्जना सिंहले १९० प्राप्त गर्दा बालेनको पक्षमा १७३ मत आएको छ। यो वडामा बालेनले ल्याएको मत १९ प्रतिशत हो।

वडा नं २५ जनबहालमा दुई हजार १८ मत गणना भएको छ। जसमध्ये स्थापितले ४५२, बालेनले २९४ र सिंहले २६७ मत पाएका छन्। बालेनले यो वडाबाट १४ प्रतिशतको आँकडामा मत ल्याइरहेका छन्। 

वडा नं २७ महाबौद्धमा दुई हजार ७१७ मत गणनामा स्थापितले ८०४ मत पाएका छन्। उनलाई कांग्रेसकी सिंहले ६९५ मतका साथ पछ्याइरेकी छिन्। बालेनले ४३८ मत प्राप्त गरेका छन्।

यहाँ अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ३१७ मत ल्याएका छन्। बालेनले यो वडाबाट १६ प्रतिशतको आँकडामा मत ल्याइरहेका छन्।

जेठ ७, २०७९ शनिबार १२:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।