काठमाडौंको नागार्जुनमा दोहोरिए मेयर-उपमेयर

काठमाडौंको नागार्जुनमा दोहोरिए मेयर-उपमेयर

काठमाडौंः नागार्जुन नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमालेका उम्मेदवारले जित हात पारेका छन्। मेयरमा मोहनबहादुर बस्नेत १० हजार १८६ मतसहित विजयी हुँदा एमालेका नन्दनहरी गौतम आठ हजार ३६८ मत ल्याएर पराजित भए।

उपमेयरमा एमालेकी सुशीला अधिकारी विजयी भएकी छिन्। उनले नौ हजार ४७४ मत ल्याउँदा एकीकृत समाजवादीका कृष्णहरि खत्रीले दुई हजार ७५३ मत प्राप्त गरे।

मेयर र उपमेयर निर्वाचित दुवै उम्मेदवारहरूले आफ्नो कार्यकाल दोहोर्याएका हुन्। 

जेठ ७, २०७९ शनिबार १०:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।