बेलकोटगढीमा गठबन्धन विजयी: मेयरमा माओवादी र उपमेयरमा कांग्रेस

बेलकोटगढीमा गठबन्धन विजयी: मेयरमा माओवादी र उपमेयरमा कांग्रेस

नुवाकोटः जिल्लाको बेलकोटगढी नगरपालिकामा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका जगबहादुर गुरुङ मेयर निर्वाचित भएका छन्। उपप्रमुखमा कांग्रेसका उम्मेदवार शिवप्रसाद दाहाल निर्वाचित भएका छन्।

आज सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार गुरुङले १३ हजार २२२ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार राजेन्द्ररमण खनालले ६ हजार ७४९ मत ल्याए।

उपमेयरमा दाहालले १० हजार ७६६ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी एमालेका रूपा सापकोटाले सात हाजर २७४ मत ल्याइन्।

बेलकोटगढीमा माओवादीले प्रमुख र कांग्रेसले उपप्रमुख लिएर पालिका तहमा दुई पार्टीबीच तालमेल गरेको थियो। उक्त पालिकामा यसअघि स्थानीय तह निर्वाचन २०७४ को चुनावमा नगर प्रमुखसहित १० वटा वडामा एमालेका उम्मेदवार विजयी भएका थिए।

जेठ ७, २०७९ शनिबार १०:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।