ललितपुरको महालक्ष्मीमा एमालेले जित्यो मेयर, कांग्रेसले उपमेयर

ललितपुरको महालक्ष्मीमा एमालेले जित्यो मेयर, कांग्रेसले उपमेयर

ललितपुरः महालक्ष्मी नगरपालिकाको मेयरमा एमालेका उम्मेदवार हरिगोविन्द श्रेष्ठ विजयी भएका छन्। यस्तै उपमेयरमा कांग्रेसकी उम्मेदवार लक्ष्मी महर्जन विजयी भएकी छिन्।

श्रेठले नौ हजार ३५० मत ल्याउँदा उनका प्रतिस्पर्धी माओवादी केन्द्रका शिवप्रसाद कट्टेलले पाँच हजार ६५८ मत पाए। महर्जनले नौ हजार ५९१ मत ल्याउँदा प्रतिस्पर्धी एमालेकी वीणा सुवेदीले आठ हजार ६८३ मत पाइन्।

नगरपालिकाका १० वडामध्ये एमालेका उम्मेदवार ६ वडामा र कांग्रेसका तीन र माओवादीका एक वडामा अध्यक्ष चुनिएका छन्।

जेठ ७, २०७९ शनिबार ०९:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।