बाजुराको बूढीनन्दाको मेयरमा एमाले, उपमेयरमा स्वतन्त्र उम्मेदवार निर्वाचित

बाजुराः बूढीनन्दा नगरपालिको मेयरमा एमालेका जनककुमार बोहरा निर्वाचित भएका छन्। उपप्रमुखमा स्वतन्त्र उम्मेदवार रामबहादुर बोहरा विजयी भएका छन्।
जनकले पाँच हजार ११५ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी कांग्रेसका पदमकुमार गिरीले तीन हजार २७१ मत ल्याए।
यस्तै उपमेयरमा स्वतन्त्र उम्मेदवार रामबहादुरले चार हजार ७७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कांग्रेसकी रीतादेवीले तीन हजार ६७७ मत ल्याइन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार ७ वडाध्यक्ष एमाले र ३ वडाध्यक्ष कांग्रेसले जितेको छ। जिल्लाका नौ पालिकामध्ये आठ पालिकाको मतपरिणाम आइसकेको छ।
बूढीगङ्गा नगरपालिकामा कांग्रेस र एमालेबीच विवाद हुँदा मतगणनाबारेमा अन्योल छ। नगरपालिकाको विवाद समाधानका लागि निर्वाचन आयोगको टोलीले अनुगमन गरेको भए पनि हालसम्म कुनै निर्णय हुन सकेको छैन।
जेठ ७, २०७९ शनिबार ०८:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।