
तुलसीपुर उपमहानगर: ७१ मतले एमालेका उम्मेदवारको अग्रता

दाङः तुलसीपुर उपमहानगरपालिकाको मेयर पदमा एमालेका उम्मेदवार टीकाराम खड्काले अग्रता लिएका छन्। गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीलाई ७१ मतले पछि पार्दै उनले थोरै मतको अग्रता लिएका हुन्।
हालसम्म एमालेका खड्काले १० हजार ६०५ र कांग्रेसका गिरीले १० हजार ५३४ मत प्राप्त गरेका छन्।
उपमेयरमा एमालेका उम्मेदवार स्यानी चौधरी अगाडि छिन्। चौधरीले ११ हजार १७ मत प्राप्त गर्दा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार जोगबहादुर रानाले आठ हजार ९९ मत प्राप्त गरेका छन्। उनीहरूबीच एक हजार ८१८ को मतान्तर रहेको छ।
हालसम्म २५ हजार ६८३ मत गणना भएको छ।
अहिले तुलसीपुर उपमहानगरपालिका वडा नं ७, ८ र ९ को मतगणना जारी रहेको छ। तुलसीपुरमा एक लाख एक हजार ४६० मतदाता रहेकोमा ७४ हजार ३३६ मत खसेको थियो।
जेठ ७, २०७९ शनिबार ०८:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।