१५ र १६ नम्बर वडा गनिरहँदा भरतपुरमा रेनु ५१ सय मतले अगाडि लागिन्

१५ र १६ नम्बर वडा गनिरहँदा भरतपुरमा रेनु ५१ सय मतले अगाडि लागिन्

चितवनः भरतपुर महानगरपालिकाको मेयर पदमा रेनु दाहालले आफ्नो अग्रता पाँच हजारभन्दा बढी मतले बढाएकी छिन्। गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले पाँच हजार १३३ मतको अग्रता लिएकी हुन्।

महानगरका १४ वटा वडा गणना गरिसक्दा उनले २७ हजार ४१२ मत प्राप्त गरिन्। उनका प्रतिस्पर्धी एमालेका विजय सुवेदीले २२ हजार २७९ मत प्राप्त गरेका छन्।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले नौ हजार ५५२ मत प्राप्त गरेका छन्।

यता उपमेयरमा गठबन्धनबाट कांग्रेसका चित्रसेन अधिकारीले राप्रपाकी हिमला गुरुङलाई १२ हजार २०० मतान्तरले पछाडि पारेका छन्।अधिकारीले २९ हजार ५२५ मत प्राप्त गर्दा गुरुङले १७ हजार ३२५ मत प्राप्त गरेकी छिन्।

हालसम्म गणना सकिएका वडामा कांग्रेसले १, २, ४, ५, ६, ८, १० र १४, एमालेले वडा नम्बर ३, ११ र १२, एकीकृत समाजवादीले ७ र ९ एवं माओवादी केन्द्रले १३ मा विजय हासिल गरेको छ।

हाल भरतपुर महानगरपालिका वडा नम्बर १५ र १६ को गणना जारी छ। गणना जारी वडामा कांग्रेसका उम्मेदवारले अग्रता लिएकानु छन्। भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ।

जेठ ७, २०७९ शनिबार ०८:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।