बोदेबर्साइनको मेयर-उपमेयरमै जसपाका उम्मेदवार निर्वाचित

सप्तरीः बोदेबर्साइन नगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा) का आतेशकुमारसिंह यादव निर्वाचित भएका छन्। निर्वाचन अधिकृत कार्यालयका अनुसार उनले पाँच हजार ६९३ मत ल्याएर विजयी भएका हुन्।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार दीपेन्द्रकुमार यादवले पाँच हजार २८० मत प्राप्त गरे। सिंह २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि मेयरमा निर्वाचित भएका थिए।
यस्तै उपमेयरमा जसपाकै रेणुकुमारी साह निर्वाचित भएकी छिन्। उनी पाँच हजार १५४ मत ल्याएर विजयी भएकी हुन्। प्रतिस्पर्धी कांग्रेसका पुनिताकुमारी साहले चार हजार ९३६ मत प्राप्त गरिन्।
बोदेबर्साइन नगरपालिकामा कुल २१ हजार २९१ मत गणना भएको थियो।
जेठ ७, २०७९ शनिबार ०७:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।