जीपले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

जीपले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

कञ्चनपुरः जीपले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गको कञ्चनपुरको अर्जुनी क्षेत्रमा शुक्रबार राति जीपले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो।

महेन्द्रनगरबाट धनगढीतर्फ गइरहेको से१च ४४८ नम्बरको जीपले विपरीत दिशातर्फ आइरहेको म२प ६८३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। मृत्यु हुनेमा मोटरसाइकलमा सवार बेदकोट नगरपालिका–५ का ३५ वर्षीय गणेशबहादुर बम र १८ वर्षीय भुतेशबहादुर बम रहेका छन्।

उनीहरूको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको हो। जीप र चालक ईलाका प्रहरी कार्यालय झलारीको नियन्त्रणमा राखिएको छ। प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

जेठ ७, २०७९ शनिबार ०७:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।