
विराटनगरको उपमेयरमा उपेन्द्रको छोरा पराजित, नागेश भए मेयर

काठमाडौँ : पाँच दलीय गठबन्धन दलको भरमा छोरालाई उपमेयर बनाउने जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको प्रयास असफल भएको छ।
गठबन्धनबाट मेयरको उम्मेदवार बनेका नागेश कोइराला मेयरमा विजयी हुँदा यादवको छोरा अमरेन्द्र यादव पराजित भएका छन्। नागेशले एमाले उम्मेदवार सागर थापालाई पराजित गरे। यादवलाई एमालेकी शिल्पा निरालाले पराजित गरिन्।
उनले २५ हजार ६ सय ८० मत ल्याउँदा यादवले १४ हजार २ सय १९ मत पाएका छन्। २०७४ मा विराटनगरमा मेयर र उपमेयर कांग्रेसले जितेको थियो।
गठबन्धन बनेपछि कांग्रेसले मेयर लियो भने जसपाले उपमेयर। प्रमुख या उपप्रमुखमा महिला उम्मेदवार बनाउनुपर्नेमा मेयरमा कांग्रेसले कोइराला उठाएपछि उपेन्द्रले पार्टीका अन्य उम्मेदवारलाई छाडेर छोरालाई नेता बनाउनतिर लागे पनि मतदाताले मेयर पुरुष र उपमेयर महिला छानेका छन्।
जेठ ७, २०७९ शनिबार ०३:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।