
पलकै वकिलले सारे पुर्पक्ष विरुद्धको सुनुवाइ

काठमाडौँ : पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत तनहुँको आदेशविरुद्ध उच्च अदालत गएका पल शाहका वकिलले बिहीबारको सुनुवाइको मिति एक साता पर सारेका छन्।
बलात्कारको अभियोगमा शाह कारागारमा छन्। उनको पक्षबाट परेको निवेदनमा बिहीबार सुनुवाइ हुँदै थियो। तर उनका पक्षका वकिलहरूले एक साता पर सार्न अनुरोध गरेका थिए। सोही अनुसार पेशी अर्को बिहीबार तोकिएको छ।
नाबालिग बलात्कार आरोपमा शाह तनहुँ र गैँडाकोट अदालतबाट पुर्पक्षका लागि कारागार चलान भएका थिए। उक्त आदेशविरुद्ध पल उच्च अदालत पोखरामा निवेदन दिएका थिए।
यता, धरौटीमा छोड्न दिइएको आदेशविरुद्ध पनि सरकारी वकिल उच्च अदालत पोखरामा निवेदन दिएका थिए । ती सबै निवेदन उपर उच्च अदालत पोखराले २२ वैशाखमा कृष्ण जोशीलाई छोड्ने आदेश माग गरेको थियो ।
जेठ ७, २०७९ शनिबार ००:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।