
ललितपुरको पछिल्लो अपडेटः ४४ हजार ५०२ मत गन्दा कसले कति पाए?

काठमाडौँ : ललितपुर महानगरपालिकाको प्रमुखमा कांग्रेसका चिरिबाबु महर्जनलेले अग्रता फराकिलो बनाएका छन ।
४४ हजार ५०२ मत गणना हुँदा महर्जनले २२ हजार ८२० मत ल्याएका छन् भने एमालेका हरिकृष्ण व्यञ्जनकारले १३ हजार १२४ मत ल्याएका छन् । चिरिबाबु र हरिकृष्णबीचको ९ हजार ६०० को मतान्तर रहेको छ।
यस्तै, उपप्रमुखतर्फ एमालेकी मञ्जली शाक्यले १२ हजार ९०४ मत ल्याउँदा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उमेदवार बाबुराज बज्राचार्यले ९ हजार ११७ मत ल्याएका छन् ।
उपमेयरको उमेदवार नभएको रुख चिन्हमा ६१२० मत खसेको छ।
जेठ ६, २०७९ शुक्रबार १८:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।