काभ्रेको बेथानचोकमा गठबन्धन विजयी

काभ्रे : काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्र विजयी भएका छन्। अध्यक्षमा कांग्रेसका भगवान अधिकारी र उपाध्यक्षमा माओवादीका तारा राना तिमल्सिना विजयी भएका हुन्।
अध्यक्ष अधिकारी छ हजार १९ मत प्राप्त गरी विजयी हुनुभएको हो भने उनका निकटतम प्रतिस्पर्धी एमालेका कलमप्रसाद तिमल्सिनाले तीन हजार १६० मत प्राप्त गरेका छन्।
त्यस्तै उपाध्यक्षमा तिमल्सिना चार हजार ४९८ मत प्राप्त गरी विजयी भएका छन् भने निकटतम प्रतिस्पर्धी एमालेका सरला लामिछानेले तीन हजार ५७३ मत प्राप्त गरेका छन्।
त्यसैगरी वडामा क्रमशः वडा नं १ मा कांग्रेसका मधुसुधन तिमल्सिना, २ मा कांग्रेसकै पुरुषोत्तम तिमल्सिना, ३ मा कांग्रेसका कुबेर ढकाल, ४ मा कांग्रेसकै कृष्णबहादुर लामा निर्वाचित भएका छन्। यस्तै वडा नं ५ मा स्वतन्त्र उम्मेदवार राजकुमार वाइबा, ६ मा कांग्रेसका विष्णु तामाङले जित हासिल गरेका छन्।
जेठ ६, २०७९ शुक्रबार १७:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।