विर्तामोडले पायो झापाकै पहिलो महिला मेयर

विर्तामोडले पायो झापाकै पहिलो महिला मेयर

झापाः विर्तामोड नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी बनेको छ। मेयरमा पवित्रा महतरा र उपमेयरमा नगेन्द्र सङ्ग्रौला विजयी बनेका हुन्।

महतराले कांग्रेसका भोजराज सिटौलालाई तीन हजार ७५८ मतले पराजित गरेकी हुन्। उनले १६ हजार ५२० मत प्राप्त गर्दा सिटौलाले १२ हजार ७६२ मत मात्र ल्याए।

यसैगरी उपमेयरमा सङ्ग्रौला १५ हजार ५८६ मत प्राप्त गरी विजयी बनेका हुन्। उनका प्रतिस्पर्धी सिपी कडरियाले आठ हजार ४५१ मत प्राप्त गरे।

यसअघिको कार्यकाल विर्तामोडको उपमेयर रहेकी महतरा झापाकै पहिलो महिला मेयर हुन्।

जेठ ६, २०७९ शुक्रबार १४:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।