भारतमा सीबीआईले थाल्यो लालु यादवका अनियमितताको छानबिन

भारतमा सीबीआईले थाल्यो लालु यादवका अनियमितताको छानबिन

एजेन्सीः भारतको केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) ले राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादवले गरेका अनियमितताको छानबिन थालेको छ। लालुले ‘रोजगारीका लागि जग्गा’ कार्यक्रममा गरेका घोटालाका सम्बन्धमा सीबीआईले नयाँ मुद्दा दर्ता गरेको छ।

शुक्रबार बिहान बिहारका पूर्व मुख्यमन्त्री, छोरी मीसा भारती र उनीसँग सम्बन्धित १७ स्थानमा छानबिन थालेको छ। सीबीआईले पटना र गोपालगञ्जका विभिन्न स्थानहरूमा जग्गाको खोजी गरिरहेको बताइएको छ। लालुले सन् २००४ र २००९ मा रेलमन्त्री रहेका बेला रोजगारीका लागि जग्गामा गरेका अनियमितासँग सम्बन्धित छानबिन चलेको बताइएको छ।

यता, सीबीआईले छानबिन थालेको खबर फैलिएपछि ठूलो सङ्ख्यामा जनता दलका समर्थकहरू राबडीस्थित लालुको निवास बाहिर भेला भएर भारतीय जनता पार्टी र केन्द्रीय अनुसन्धान ब्यूरोविरुद्ध नारा लगाएका थिए।

जेठ ६, २०७९ शुक्रबार १३:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।