काठमाडौंको कागेश्वरी मनोहरामा कांग्रेसले मेयर जित्यो, एमालेले उपमेयर

काठमाडौंः कागेश्वरी मनोहरा नगरपालिकाको मेयरमा कांग्रेसका उपेन्द्र कार्की तीन हजारभन्दा बढी मतले विजयी भएका छन्। कार्कीले ११ हजार ३२२ मत ल्याएर विजयी भएका हुन्।
उनका प्रतिस्पर्धी एमालेका रामशरण ढुङ्गानाले आठ हजार २६३ मत ल्याएका छन्।
यसअघिको निर्वाचनमा एमालेबाट मेयर जितेका कृष्णहरि थापा तेस्रो भएका छन्। उनी एकीकृत समाजवादीबाट चुनाव लडेका थिए।
उपमेयरमा एमालेकी शान्ता थापाले नौ हजार ९७५ मत ल्याएर विजयी भइन्। प्रतिस्पर्धी माओवादी केन्द्रका भोला चापागाईंले पाँच हजार ४२२ मत पाए।
नगरपालिकाको वडा नं १, ३, र ४ मा एमालेका वडाध्यक्ष विजयी भएका छन्। वडा नं ६ मा एकीकृत समाजवादीका उम्मेदवारले वडाध्यक्ष जिते। कांग्रेसले वडा नं २, ५, ७, ८ र ९ मा वडा अध्यक्ष जित्यो।
३५ हजार ४९३ मतदाता रहेको कागेश्वरी मनोहरामा २६ हजार ९२८ मत खसेको थियो।
जेठ ६, २०७९ शुक्रबार १२:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।